झापा । गत आर्थिक वर्षमा कोसी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।
सोही अवधिमा पाँचवटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार गत आर्थिक वर्षमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी झापा जिल्लाका नागरिक रहेको बताए । झापामा एक वर्षको अवधिमा ६, सुनसरीमा तीन र मोरङमा एकजनाको मृत्यु भएको उनले बताए ।