Logo
Logo

रौतहटका दुई पुरुषमा संक्रमण, ५४ पुगे संक्रमित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ बैशाख । कोरोना भाइरुस (कोभिड–१९)को संक्रमण थप दुई जनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोभिड–१९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
मंगलबार थप दुईजनामा संक्रमण देखिएपछि नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ । जसमा पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् । अहिले ३९ जना संक्रमित अस्पतालको आइसोलेशनमा रहेका छन् ।
संक्रमित अहिले क्वारेन्टाइनमा रहेको र अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए । संक्रमितको नजिक रहेका कन्ट्याक्ट ट्रेसिङसमेत भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्