Logo
Logo

आज नेकपा सचिवालय बैठक बस्दै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज सचिवालय बैठक बस्दै छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’बीच मंगलबार बालुवाटारमा भएको भेटवार्तापछि आज साँझ ५ बजेका लागि सचिवालय बैठक बोलाउने सहमति भएको हो ।
यसअघि मंगलबार नै सचिवालय बैठक बस्ने भनिएको थियो । तर, दुई अध्यक्षबीच छलफल लम्बिएपछि आजका लागि बैठक बस्ने तय भएको सचिवालय सदस्यलाई जानकारी गराइएको हो ।
पछिल्लो समय नेकपाको आन्तरिक विवाद सतहमा आएपछि प्रधानमन्त्री ओलीले पार्टीका सांसदसँग समेत छलफल बढाएका गरेका छन् । पार्टी संसदीय दलमा बहुमत रहेको दाबी गर्दै आएका प्रधानमन्त्री ओलीले आफू निकट सांसदस“गको छलफललाई तिब्रता दिएका हुन् ।
पार्टीभित्रको आन्तरिक विवादलाई समाधान गर्न प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् सदस्यको हेरफेरदेखि मुख्यमन्त्री परिवर्तनसम्मका प्रस्ताव अघि सारेका छन् । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले पार्टी र सरकारको काममा समन्वय नभएको भन्दै प्रधानमन्त्रीस“ग असन्तुष्टि राख्दै आएका छन् । प्रचण्ड र नेता नेपालले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा जिम्मेवारी मात्र सम्हाल्न आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्