काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बैठक बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्यान्ह १२ बजे बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरूलाई अनिवार्य संसदमा उपस्थित हुन ह्विप जारी गर्ने तयारी गरेको छ ।
त्यस्तै, बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रायोजनका लागि दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ ।
संसदका दुई ठुला दल मिलेर बनेको सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।