काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दैछ । बैठक आज बिहान ११ः ३० बजे दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा निदिने भन्ने विषयमा निर्णय हुने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्ने छ ।’
शनिबार भएको पार्टी निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको थियो । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् ।
उनलाई नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।