Logo
Logo

भारतबाट भित्रदै कोरोना, बुधबार तीन जना नयाँ संक्रमित भेटिए


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ बैशाख ।

खुला सीमाका कारण भारतबाट नेपालमा कोरोना संक्रमण भित्रदै गएको छ । बुधबार थप तीन जनामा कोरोना संक्रमण देखिएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो।

वीरगञ्ज– २ छपकैयाका ४६ वर्षीय पुरुष, बारा, सिम्रौनगढका ३१ वर्षीय पुरुष र बारा जीतपुर– ७ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
उनीहरु तीनै जना यसअघि वीरगन्ज १६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।
तीन संक्रमितसँगै नेपालमा बिरामीको संख्या ५७ पुगेको छ । जसमध्ये १६ जना निको भइसकेका छन् । संक्रमितमध्ये आधा भन्दा धेरै एउटै समूहका व्यक्तिहरु भएको प्रहरीले जनाएको छ ।

सो समूहका २८ जनामा सुनसरीमा मात्र संक्रमण देखिएको छ । बैशाख ४ गते सीमाबाट लुकिछिपी आएका व्यक्तिमा समेत संक्रमण देखिएको थियो । भारतमा २८ हजारमा कोरोना संक्रमण भइसकेको छ । सीमामा कडाई नगरे नेपालमा जोखिम बढीरहेको छ । तर, थोरै जनशक्ति हुँदा भारतबाट लुकिछिपी छिर्ने क्रम रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्