Logo
Logo

परीक्षाको नतिजा जानकारी गराउन मोवाइल नम्बर


नन्दा थापा

0
Shares

  • नन्दा थापा

बैशाख १७ बाजुरा । बुढीनन्दा नगरपालिकामा रहेको बुढीनन्दा आधारभूत विद्यालयले वार्षिक परीक्षाको नतिजाबारे जानकारी दिनका लागि विद्यालयको मोवाइल नम्बर सार्वजनिक गरेको छ । बुढीनन्दा आधारभुत विद्यालयले २०७६ सालको वार्षिक परीक्षाको परीक्षाफल नतिजा थाहा पाउन र विद्यालयमा सञ्चालन गरीने अन्य विद्यालयका गतिविधिहरुका बारेमा जानकारी लिनका लागि ९८६१००६२७९ नम्वरको मोवाइल नम्वर सार्वजनिक गरेको हो ।
विद्यालयमा सम्पन्न मोबाइल बैठकले २०७६ सालको वार्षिक परिक्षाको नतिजा प्रकाशन गर्ने, सो नतिजा प्रकाशनका लागि विद्यालयमा अध्यनरत छात्रछात्रा तथा अभिभावकहरुले जानकारी लिनका लागि विद्यालयले सो नम्बर सार्वजनिक गरेको विद्यालयका प्रधानाध्यापक बृजनबहादुर शाहीले बताए ।
बुढीनन्दा आधारभुत विद्यालयको टेलिफोनमार्फत विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी संगको छलफलमा लकडाउनका कारण स्थगित भएका विद्यालयका सम्पूर्ण कार्यहरु सञ्चालनमा ल्याउने विषयमा शिक्षक र विद्यालय ब्यवस्थापन समिति संग छलफल भएको विद्यालयले जनाएको छ ।
हाल विश्वभरी माहामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण रोकाथामका लागि गरिएको लकडाउनको समयमा रोकिएको विद्यालयको बार्षिक परीक्षाको नतिजा प्रकाशन गर्ने, विद्यार्थी भर्ना, छात्रवृत्ति वितरणलगायतका विद्यालयका सम्पूर्ण कामकाज अब टेलिफोनबाटै सञ्चालन गरिने प्रधानाध्यापक शाहीले बताए ।
विद्यालयमा अध्यनरत छात्रछात्राले सो टेलिफोनमार्फत भर्ना हुन पाउने र टेलिफोनबाटै २०७६ सालको छात्रवृत्ति वितरण हुने पनि उनले बताए । वडा नं दुईका वडा अध्यक्ष भीमबहादुर कार्कीको समन्वयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष डबलबहादुर तिरुवा तथा अन्य पदाधिकारीहरुबीच सम्पन्न मोबाइल बैठकले सो निणर्य गरेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्