Logo
Logo

देशप्रति जनताको भरोसा जोड्न नयाँ सरकार : प्रधानमन्त्री


189
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बढेको निराशा हटाएर तीव्र आर्थिक विकासको लागि नयाँ सरकार बनेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मतबारे प्रस्ताव राख्नुअघि उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशको विकास निर्माणको भद्रगोल रहेको समेत बताउँदै आफू नेतृत्वको सरकारको पाँच प्राथमिकता रहेको सुनाए । ‘सरकारको तौरतरिकाको कारणले उद्योगी व्यवसायीहरू मरीचझैँ चाउरिएको छ, करिब ६० लाखभन्दा बढी जनता निरपेक्ष गरिबीको भुंग्रोमा पिस्सिएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारले सीमा नाघेको छ । युवाहरू विदेश पलायन भइरहेको छ ।’

देशप्रति जुटेको जनताको भरोसा जोड्न नयाँ सरकार बनेको उनले बताए । प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्