Logo
Logo

बलिउड अभिनेता इरफान खानको निधन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ बैशाख । बलिउड लोकप्रिय अभिनेता इरफान खानको निधन भएको छ । उनी ५३ वर्षका थिए । उनको बुधबार बिहान निधन भएको जनाइएको छ ।
भारतीय मिडियाका अनुसार उनको स्वास्थ्यमा खराबी देखिएपछि मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार भर्ना गरिएको थियो । जहाँ उनलाई आइसीयूमा राखिएको थियो । इराफान न्यूरोइन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । लण्डनमा दुई वर्षको उपचारपश्चात् उनी हालैमात्र मुम्बई फर्किएका थिए ।

उनको पछिल्लो समय फिल्म ‘अंग्रेजी मिडियम’ सार्वजनिक भएको थियो । इरफानको मृत्युबारे निर्देशक शुजीत सरकारले जानकारी गराएका छन् । उनले ट्वीट गर्दै लखेका छन्, ‘मेरा प्यारो साथी इरफान हामीमाझ रहेनन् ।’ उनले इरफानकोसँग पछिल्लो भेटको स्मरण गर्दै श्रद्धाजञ्ली व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्