Logo
Logo

मन्त्रीद्वय योगेश र घनश्याम संकटमा


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १७ बैशाख ।
नेकपाभित्र विवाद बढ्दे जाँदा प्रधानमन्त्री केपी शर्मा ओली इत्तरका मन्त्रीहरु संकटमा परेका छन् । उनीहरु प्रधानमन्त्रीलाई समर्थन गर्ने कि आफु निकट नेताहरुलाई भन्ने दोधारमा छन् ।


ओली मन्त्रिपरिषद्मा रहेका पर्यटनमन्त्री योगेश भट्टराई तथा कृषिमन्त्री घनश्याम भुषाल नेता माधव कुमार नेपाल निकट हुन् । नेपाल समूह ओलीलाई प्रधानमन्त्री वा अध्यक्ष पद छाड्न दबाब दिइरहेका छन् । त्यसविरुद्ध ओली पक्षले बहुमत देखाउन सांसदहरुको हस्ताक्षर अभियान सुरु गरेको छ । यस्तो अवस्थामा दुई मन्त्री भने तटस्थ छन् । सकेसम्म विवाद सहमतिमै समाधान होस् भन्ने पक्षमा उनीहरु छन् ।

तर, माधव नेपाल तथा प्रचण्ड पक्षले पनि प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर अभियान सुरु गर्ने भएपछि आफ्नै प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर अभियानमा लाग्नुपर्ने अवस्था आएको छ । ओली भने उनीहरुलाई आफ्नो पक्षमा तान्ने अभियानमा छन् । पूर्व माओवादी निकट केही मन्त्रीहरु ओलीको पक्षमा लागिसकेका छन् ।

कृषिमन्त्री एवं पार्टी स्थायी कमिटी सदस्य भुसालले अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउने भन्दै पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरूको जगेर्ना गर्न नहडबडाउन, संवाद गर्न र संस्थागत प्रणालीभित्रै समाधान खोज्न सार्वजनिक रुपमा आग्रह गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘आज नेकपा असाधारण शक्ति र प्रभावका साथ उपस्थित छ । र, यसमा समस्या थपिँदै गएका छन् । समस्याले उपयुक्त समाधान खोज्छ । अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ । नेता भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरूको जगेर्ना गर्न पहिलो– नहडबडाउँ, दोस्रो– संवाद गरौँ र तेस्रो–संस्थागत प्रणालीभित्रै समाधान खोजौं । मुलुकले सबै कमरेडहरूबाट जिम्मेवारीबोधको ऐतिहासिक गम्भीरता माग गरेको छ ।’

उनले विगतमा कम्युनिस्ट पार्टीको विभाजनको उदाहरण दिँदै नेकपामा गहिरिँदो संटकको पनि संकेत गरेका छन् । लेखेका छन्, ‘०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो । र, २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो । ०६४–६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिका साथ अगाडि आयो । र, विभाजनको प्रक्रियामा गयो ।’

प्रतिक्रिया दिनुहोस्