Logo
Logo

मुग्लिन-काठमाडौं सडक दुईतर्फी नै सञ्चालन


819
Shares

काठमाडौं । मुग्लिन–काठमाडौं सडक अन्तर्गत चितवनको फिस्लिङमा गएको पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएका छन् ।

आज बिहान पौने पाँच बजे इच्छाकामना ६ फिस्लिङ भन्ने ठाउँमा लेदोसहितको पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन–काठमाडौं सडक केही बेरअघिबाट सञ्चालमा आएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका इन्सपेक्टर निरला भण्डारीले पहिरो हटाएपछि सडक दुईतर्फी नै सञ्चालन भएको जानकारी दिए । पहिरोले रोकिएका सयौँ सवारी साधन आ आफ्नो गन्तव्यतिर लागेका उनले बताए ।

प्रतिक्रिया दिनुहोस्