Logo
Logo

चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्री नियुक्त


504
Shares

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्य नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले सोमबार एमाले संसदीय दलको उपनेता आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश सभामा कुनै पनि दलको बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री हुने व्यवस्था यस उपधारामा छ । उनी नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

आचार्यले सोमबार नै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । उनले ५६ जना सांसदको हस्ताक्षर बुझाएका थिए ।

केन्द्रमा नयाँ गठबन्धन बनेसँगै प्रदेशको समीकरणमा पनि फेरबदल आएको हो । एमालेबाट संसदीय दलको नेता गिरी मुख्यमन्त्री बन्ने बताइए पनि अन्तिममा आएर पार्टीले आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि आचार्यले अवसर पाएका थिए ।

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेकपा माओवादी केन्द्रका नेता जोखबहादुर महराले आइतबार राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्