Logo
Logo

मंसिर २ गतेसम्म न्युरोडमा फुटपाथ बिस्तार नगर्ने महानगर र स्थानीयबीच सहमति


2.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने विषयमा अध्ययन गर्ने भएको छ । साथै, अध्ययन कार्यदलको प्रतिवेदन नआउन्जेल थप फुटपाथ विस्तार नगर्ने सहमतिसमेत भएको छ ।

सोमबार न्युरोड क्षेत्रमा थप फुटपाथ विस्तार गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको हो । महानगरका प्रमुख, उपप्रमुख, २२, २३ र २४ नम्बर वडाका अध्यक्ष लगाएतको सहभागीतामा भएको छलफलका क्रममा मंसिर १ गतेसम्म कार्यदलले अध्ययन गर्ने र २ गते प्रतिवेदन पेश गर्ने सहमति भएको काठमाडौं महानगर- २३ का वडाअध्यक्ष मचाराजा महर्जनले जानकारी दिए ।

९ सदस्यीय कार्यदलबाट बिभिन्न विषयमा अध्ययन गरेर त्यसबाट आउने रिपोर्ट महानगर प्रमुखलाई बुझाउने र त्यसका आधारमा फुटपाथ विस्तारका बारेमा थप निर्णय हुने उनले बताए । उनले अहिले वडा नंवर २४ मा भइरहेको विस्तारको काम भने सम्पन्न गर्ने सहमति भएको जानकारी दिए ।

त्यसअघि फुटपाथ विस्तार गर्ने क्रममा महानगर र स्थानीयबीच विवाद भएको थियो । विवाद भएपछि महानगरले जनप्रतिनिधि सहित स्थानीयलाई सोमबार छलफलमा बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्