Logo
Logo

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको संसदीय सुनुवाइ आज


945
Shares

काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ आज हुने भएको छ । प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।

गत असार २ गते बसेको संवैधानिक परिषदकोे बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्त नियुक्त गर्न सिफारिस गरेको थियो । प्रधानविरुद्ध यौन दुर्व्यवहारको उजुरी परेपछि यसअघि असार २१ गते हुने भनिएको सुनुवाइ रोकिएको थियो ।

उनीविरुद्ध सहकर्मी महिलालाई यौन शोषण र दुर्व्यवहार गरेको तथा पछि पैसा दिएर मिलापत्र गरेको उजुरी परेको छ । समितिले उजुरीकर्तासँग छलफल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्