काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।सोमबार मुख्यमन्त्री नियुक्त भएका आचार्यले आज बिहान प्रदेश प्रमुख अमिक शेरचनको कार्यालय, बुटवलमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदको समर्थनमा प्रदेश प्रमुख शेरचनले अर्घाखाँचीबाट निर्वाचित आचार्यलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । ८७ सदस्य प्रदेशसभामा सरकार गठनको लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ ।