काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले रू ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न साउन २ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले ३० लाख कित्ता ऋणपत्र आगामी १० वर्ष सम्मका लागि वार्षिक ८ प्रतिशत ब्याजदरमा निष्कासन गर्न निवेदन दिएको हो । सेबोनबाट ऋणपत्र निष्कासन गर्न स्वीकृती पाएपछि कम्पनीले कुलकित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।