Logo
Logo

बागमतीमा कांग्रेसमा किचलो, मन्त्रीको शपथ रोकियो


1.4k
Shares

हेटौंडा । बागमती प्रदेशमा कांग्रेसका नवनियुक्त चार मन्त्रीको शपथ स्थगित भएको छ ।

कांग्रेसमा मन्त्री नियुक्तिको आन्तरिक विवाद र नेकपा एमालेको असहमतिले साँझ सवा ५ बजेलाई तय भएको मन्त्रीहरूको शपथ स्थगित भएको मुख्यमन्त्री बहादुरसिं लामाले जानकारी दिए ।

मुख्यमन्त्री लामाले आजै मन्त्रिपरिषद् विस्तार गरेका थिए । उनले आफ्नै दल कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरी मन्त्री भएका छन् । प्रभातलाई आर्थिक मामिला तथा योजना, सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र बिमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बुधबार मन्त्री नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट बुधबार नै मन्त्री भएका मदुकुमार श्रेष्ठले भने मन्त्रालय पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्