Logo
Logo

कमलको नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

  • नन्दा थापा

वैशाख १८ बाजुरा । बुधबार भिरबाट लडेका गौमुल गाँउपालिका ४ कौडाकोटका १६ बर्षका कमल धामीको मृत्यु भएको छ । उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बिच बाटोमै मृत्यु भएको हो ।


जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसक्ने भएपछि नेपालगञ्ज लैजाने क्रममा अछामको साफेबगर नजिकै मृत्यु भएको उनका आफन्त दिपक धामीले बताए । गाउँनजिकै जंगलमा बाख्रा चराउ गएका बेला बुधवार दिउँसो लडेर उनको टाउको फुटेको कमलका काका दिपक धामीले बताए ।
आफन्तले जिल्ला अस्पताल बाजुरामा बुधबार नै बेहोस् अवस्थामा पुर्याएको थियो । अस्पतालमा उपचार सम्भव नहुने भन्दै रिफर गरेको भएपनि धामीको बिचबाटामै मृत्यु भइसकेको जनाइएको छ । आमाको मृत्यु भइसकेका कमलका बुवा कामका लागि काठमाडौं गएका थिए, लकडाउने उतै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्