Logo
Logo

विमान दुर्घटना : मृतकको शव आजै आफन्तलाई दिइने


1.1k
Shares

काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ ।

शुक्रबार दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए ।

चार वटा शव बढी जलेकाले डेन्टल एक्जामिनेसनमार्फत परीक्षण भइरहेको प्रमुख डा. चौधरीले बताए । सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पतालका फोरिन्सिक विशेषज्ञ लगायतका २५ जना खटिएको डा. चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्