Logo
Logo

रोल्पाको त्रिवेणीमा बिष्फोट, चार बालबालिको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

रोल्पा, १८ वैशाख । रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा बिहीबार साँझ बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ । प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको छ । उनका अनुसार बेबारिसे बम खेलाउँदा बम बिष्फोट भएको थियो । सो बिष्फोटमा बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरीले जनाएको छ ।
गाउँपालिका अध्यक्ष शान्तराम ओलीका अनुसार मृतक ३ जना बालक र एक बालिका रहेका छन् । उनले घटनामा १४, १३, ११ वर्षका ३ बालक र ५ वर्षकी बालिकाको मृत्यु भएको बताएका छन् । घटनामा मृत्यु हुनेमा नोखीराम डाँगी, गौरव नेपाली, विजय केसी र बिमला केसी रहेको अध्यक्ष ओलीले बताए माइसंसारलाई बताएका छन् ।
उनले बिजय र बिमला एकै घरका दाजु बहिनी भएको बताए । ‘यहाँ दर्दनाक स्थिति छ, दाजुले बहिनी बोकिरहेकै अवस्थामा मृत्यु भएको छ,’ ओलीले बताएका छन् । उनले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्