Logo
Logo

ओलम्पिकमा आज नेपालले सुटिङ र पौडीमा प्रतिस्पर्धा गर्दै


756
Shares

काठमाडौं । पेरिस ओलम्पिकमा आज नेपालका खेलाडीले दुई खेलमा प्रतिस्पर्धा गर्दैछन् । नेपालले सुटिङ र पौडीमा प्रतिस्पर्धा गर्ने भएको हो । नेपालकी सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको खेल फ्रान्सेली समयअनुसार बिहानको सवा ९ बजे सुरु हुने छ ।

आजै हुने अर्को खेल पौडीमा डुवाना लामाले हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् । डुवानाको खेल फ्रान्सेली समय अनुसार दिउँसो १२ः ५ मा हुनेछ । यसअघि शनिबार राति भएको खेलमा टेवल टेनिसका स्यान्टु श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहाल सोझो सेटमा पराजित भएका थिए ।

पेरिस ओलम्पिकको ३३औँ संस्करणमा नेपालबाट ३ पुरुष र ४ महिला खेलाडी गरि ६ खेलका ७ खेलाडी सहभागी छन् ।
पौडीको पुरुष १ सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले नेपालको चुनौती दिनेछन्। पौडीकी डुवाना लामाले २ सय मिटर फ्रिस्टायल प्रतिस्पर्धा गर्नेछिन्।

सुटिङकी सुस्मिता नेपालले १० मिटर एयर राइफल, जुडोकी मनीता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले म्याराथन ४२.१९५ किलोमिटर मा नेपालको चुनौती दिनेछिन् ।

सन्तोषीबाहेक सबै खेलाडी अहिले पेरिसमै छन् । सन्तोषी जुलाइ ३० मा पेरिस पुग्नेछिन् । उनको खेल अगष्ट ३१ मा रहेको छ ।
यो पटक सातै नेपाली खेलाडीको डेब्यु ओलम्पिक हो।

प्रतिक्रिया दिनुहोस्