काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयका सचिवहरूलाई ब्रिफिङ गरेका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र सचिवहरूबिच छलफल सुरु भएको हो ।
बैठकमा उपप्रधानमन्त्री, मन्त्री, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरू सहभागी रहेका छन् ।