काठमाडौं । सरकारले १८ देशमा राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजदूत नियुक्ति सिफारिसको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
मन्त्री गुरुङका अनुसार भारतका लागि नेपाली राजदूतमा भने डा. शंकर शर्मालाई नै निरन्तरता दिइएको छ । पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे राजदूत सिफारिस भएका छन् ।
चीन, रुस, अष्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय भएको उनले जानकारी दिए । चीनमा विष्णुपुकार श्रेष्ठ, रुसमा मिलन तुलाधर र अष्ट्रेलियामा कैलाशराज पोखरेल राजदूत थिए । ती देशमा नयाँ राजदूत सिफारिस भएका छन् ।