Logo
Logo

२२ जना सचिवको सरुवा


9.9k
Shares

काठमाडौँ । सरकारले २२ जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवहरूको सरुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङका अनुसार अर्थ सचिवमा अर्थकै राजश्व सचिव डा. राम प्रसाद घिमिरेले जिम्मेवारी पाएको छ । अर्थ सचिव मधु कुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय सरुवा भएका छन् ।

त्यसैगरी, राजश्व सचिव घिमिरेको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) दिनेश घिमिरेलाई ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्