काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गलाई लाजिम्पाट काठमाण्डौंस्थित र्याडिसन होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ । र्याडिसन होटल अन्तराष्ट्रिय होटल चेनअन्तर्गत विगत दुई दशकभन्दा बढी समयदेखि नेपालको पर्यटकीय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिइरहेको एक अग्रणी पाँचतारे होटल हो ।
एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रवीन्द्र ढकाल र मार्केटिङ्ग म्यानेजर सबिन राणा तथा र्याडिसन होटलका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाद्वारा हस्ताक्षर सम्पन्न भएको छ ।
सम्झौताअनुसार प्रभुका कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधामध्ये खाना, पेस्ट्री सप, ट्र«ानक्युलिटी स्पाका साथै र्याडिसन होटल काठमाडौँले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टहरुबाट १० देखि २० प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन् ।
ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै छोटो समयको अन्तरालमानै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको बैंकले जनाएको छ ।