Logo
Logo

इजरायली आक्रमणमा हमासका नेता हानिया मारिए


1.8k
Shares

काठमाडौं । इजरायलको आक्रमणबाट हमासका शीर्ष नेता इस्माइल हानिया मारिएका छन् । कतारमा बस्दै आएका हानिया इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण गर्ने समारोहमा भाग लिन तेहरान गएका बेला इजरायलले आक्रण गरेर मारेको हो ।

हमासले बुधबार विज्ञप्ति जारी गर्दै इजरायलको आक्रमणबाट शीर्ष नेता हानिया आफ्नै निवासमा मारिएको जवानकारी दिएको हो । यसबारेमा इजरायलले कुनै प्रतिक्रिया दिएको छैन ।

खबरहरुका अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन् । हानिया मारिएको पुष्टि इरानका सञ्चार माध्यमले पनि गरेका छन् । इस्माइल हानिया हमासका पोलिटब्युरोका प्रमुख थिए । उनी प्यालेस्टाइन प्राधिकरणका दशौं सरकारका प्रधानमन्त्री पनि हुन् । उनको उपनाम अबू अल अब्द हो ।

प्रतिक्रिया दिनुहोस्