Logo
Logo

लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाले प्रतिफल वितरण गर्ने


441
Shares

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी भ्यालु फन्ड २’ नामक बन्दमुखी योजनाले प्रतिफल वितरण गर्ने भएका छन् ।

लक्ष्मी सन्राइज बैंक लिमिटेड कोष प्रवर्द्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको फन्डअन्तर्गत वितरण गर्न लागिएको हो ।

फन्डहरूले आर्थिक वर्ष २०८०/०८१ का लागि ‘लक्ष्मी उन्नति कोष’ का इकाई धनीहरूलाई करसहित ७.५ प्रतिशत र ‘लक्ष्मी भ्यालु फन्ड २’ का इकाई धनीहरूलाई करसहित ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

योजनाका इकाईधनीहरूले आफूले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित डीपी शुल्क कट्टीपछि) बराबरको रकमबाट सो लाभांश वितरणपश्चात् समायोजित मूल्यमा लाभांश पुन: लगानी योजनामार्फत उक्त रकमले हुन आउने थप इकाईहरू खरिद गर्न सक्ने समेत सुविधा रहेको छ ।

यसअघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सकेका योग्य इकाई धनीहरूको हितग्राही खाता (डिम्याट खाता) मा यथाशीघ्र इकाईहरू पठाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्