काठमाडौं । सिटिजन्स् बैंक र सूर्य हस्पिटल प्रालीबीच समझदारी भएको छ। वीरगंज, पर्सास्थित सूर्य हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको हो ।
समझदारीपत्र अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।