काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा २० वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताए उमेशकुमार आचार्य नियुक्त भएका छन् ।
बैंकको संचालक समिति बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम आचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।
उनले तत्कालीन कामना विकास बैंकसहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । नेपालमा उनी एक बैंकिङ विज्ञको रुपमा परिचित छन् । विभिन्न निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् ।