Logo
Logo

बारपाक सुलिकोटबासीलाई राजधानीमा राहत


नविनबाबु गुरुङ

63
Shares

  • नविनबाबु गुरुङ

काठमाडौं, २० बैशाख । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि राजधानीमा प्रभावित भएका गोरखा बारपाक सुलिकोट गाउँपालिकाका विद्यार्थी तथा मजदुरी गरेर गुजारा चलाउदै आएका दर्जनौँ परिवारलाई गाउँपालिकाले राजधानीमा राहत वितरण गरेको छ ।


राजधानीमा रहेका स्थानिय समाजसेवीहरुको पहलमा गाउँपालिकाले पिडितको पहिचाहन गरि राहत वितरण गरेको हो । हालसम्म राजधानीको काठमाडौँ, भक्तपुर र ललितपुरमा रहेका विद्यार्थी तथा मजदुरी गरेर गुजारा चलाउँदै आएका ८६ परिवारलाई राहत वितरण गरेको राहत वितरण समन्वय समितिका एक जना संयोजक धिरज उपरकोटीले जानकारी दिए ।
गाउँपालिकाको आठ वटै वडाका पिडित परिवारको पहिचाहन गरि दैनिक उपभोग्य बस्तुहरु संख्या हेरी चामल, नुन, तेल तथा तरकारी निवासमै पुगेर वितरण गर्दै आएको छ । विश्वब्यापी संकटमा आफ्ना गाउँपालिकाका कोही पनि भोको बस्न नपरोस् भनेर आफुहरु दिन रात नभनी पिडित पहिचाहन गरि राहत वितरण गरिएको अर्का समाजसेवी तथा समितिका अर्का संयोजक विकास गुरुङले जानकारी दिएका छन् । पहिचाहन भएसम्म र सम्पर्कमा आएका विद्यार्थी, मजदुर तथा कम्जोर अवस्थाका परिवारलाई राहत बाँड्न तत्पर रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्