Logo
Logo

दाङको १० नाकामा सुरक्षाचौकी


- दृष्टि न्युज/संवाददाता

0
Shares

तुलसीपुर, २० बैशाख । दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । ‘अहिले जिल्लामा ३१ नाका छन्’, तर दश नाकामा मात्रै सुरक्षा पोष्ट पुगेको छ’, उनले भने ।
मुलुकमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै नाकाको सुरक्षालाई कडा बनाउन चौकी थप गरिएको हो । यसअघि दुई नाकामा मात्रै चौकी खडा भएको थियो । हालै मात्रै आठ नाकामा सुरक्षा हुने गरी चौकी खडा गरिएको प्रजिअ रिजालले बताए । दाङ नाकाको ठूलो क्षेत्र ओगट्ने कोइलाबास र सुनपथरीमा पहिलेदेखि नै चौकी थिए ।
‘यसअघि नाकामा पोष्ट नहुँदा सुरक्षा चुनौती थियो’, उनले भने । अब पोष्ट पुगेसँंगै नाकाको सुरक्षा प्रभावकारी हुने अपेक्षा गरिएको छ । अहिले दाङका ३१ नाका पूर्ण रुपमा बन्द भएको छ । जिल्लाका ८३ किलोमिटर क्षेत्रमा ती नाका छन् ।

प्रतिक्रिया दिनुहोस्