Logo
Logo

नेकपामा विवाद बढेपछि मुख्यमन्त्रीहरु काठमाडौंमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० बैशाख । देश कोरोना भाइरस (कोभिड–१९)को संक्रमणसँग जुधिरहेको छ । तर, यसैबेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टीभित्र विवाद बढ्दै गएप्छि कोरोना रोकथाम तथा नियन्त्रणका काम छाडेर मुख्यमन्त्रीहरु प्रदेश छाडेर संघीय राजधानी काठमाडौंमा आइपुगेका छन् ।
विवाद समाधान खोज्ने हेतुले आज शनिबार नेकपाको सचिवालय बैठक बस्दैछ । यसैबेला मुख्यमन्त्रीहरु काठमाडौं आएका हुन् । उनीहरु पार्टी विवादमा आ–आफ्नो भूमिका खेल्न काठमाडौं आएको बताइन्छ ।
यतिखेर नेकपामा स्पष्ट गुट देखिएको छ । त्यसैले पनि तीन मुख्यमन्त्रीहरु काठमाडौंमा आएका हुन् । उनीहरु पार्टी विवादका बारेमा आफ्ना समूह रक्षाका लागि खुलेर लागेका छन् ।
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल काठमाडौंमा छन् । उनीहरुलाई नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ बोलाएको स्रोतको भनाइ छ । पोखरेल एकसातादेखि नै काठमाडौंमै छन् । गुरुङ र राई भने केही दिनअघि यहाँ आएका हुन् ।
पोखरेल, गुरुङ र राई अध्यक्ष शर्मा पक्षीय नेता हुन् । ओली समूहका भएपनि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल भने हेटौडामै छन् । प्रदेश नं. १ कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो । त्यहाँको उदयपुरमा सबैभन्दा धेरै संक्रमित छन् । गण्डकी प्रदेशमा २ जना संक्रमित भएपनि उनीहरु निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्