Logo
Logo

रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु


819
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने बन्द कार्यशाला सुरु भएको छ । पार्टीको आगामी रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षासहित केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन् ।

साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूलाई रणनीतिक रूपमा क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुई दिने बन्द कार्यशाला सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कार्यशाला आज र भोलि गरी दुई दिन चल्ने पार्टीका सह प्रवक्ता मनिष झाले जानकारी दिए । कार्यशालामा विचार, सङ्गठन, मूल्य(मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्