काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडलले नागरिक उन्मुक्ति पार्टी (नाउपा) एक र कांग्रेसका दुईजनालाई राज्यमन्त्री नियुक्त गरेसँगै ओली क्याविनेटले पूर्णता पाएको हो ।
नाउपाबाट अरुणकुमार चौधरी, कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ राज्यमन्त्री भएका छन् । समानुपातिक सांसद विक कांग्रेसकी कान्छी केन्द्रीय सदस्य हुन् ।
विक वन तथा वातावरण राज्यमन्त्री, चौधरी संस्कृति, पर्यटन राज्यमन्त्री र तामाङ ऊर्जा राज्यमन्त्री बनेका छन् ।