Logo
Logo

सुदूरपश्चिमका मुख्यमन्त्रीले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र


378
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छन् । शुक्रबार राजीनामा दिएलगत्तै मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा पत्र बुझाएका हुन् ।

सोडारीको राजीनामा पत्रमा राष्ट्रिय राजनीतिमा आएको फेरबदलका कारण प्रदेशमा समेत केही राजनीतक दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम आजैका मितिदेखि लागू हुनेगरी मुख्यमन्त्री पदबाट राजीनामा पेस गरिएको उल्लेख छ ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनाको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्