Logo
Logo

चितवनमा बाघको आक्रमणबाट मर्निङवाक हिँडेका पशुपति घाइते


2.1k
Shares

काठमाडौं । चितवनको नारायणी नदी किनारमा ‘मर्निङवाक’ गर्न निस्किएका एक व्यक्तिलाई बाघले आक्रमण गर्दा घाइते भएका छन् ।

आज बिहान करिब सवा ५ बजे पैदल हिँडेका भरतपुर महानगरपालिका–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपति श्रेष्ठलाई एक्कासि बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनको मुख र हातमा चोट लागेको छ ।

बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालयबाट कर्मचारीहरू खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्