दाङ । टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्युु भएको छ ।
शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
बस्नेतलेको मृत्यु भएपछि उनका आफन्तले घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेका छन् । दाङका प्रहरी प्रमुख रामबहादुर केसीले बस्नेतको मृत्यु भएपछि उनका आफन्तले क्षतिपूर्तिसहित कारबाहीको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेको जानकारी दिए ।