एजेन्सी । युक्रेनले क्रिमियाको बन्दरगाहमा पार्क गरिएको रुसी पनडुब्बीमाथि आक्रमण गरी डुबाएको दाबी गरेको छ ।
युक्रेनका जनरल स्टाफले विज्ञप्ति जारी गर्दै २०१४ मा लन्च गरिएको रुसको किलो क्लास युद्ध पनडुब्बी रोस्टोभ–अन–डन शुक्रबार क्षेप्यास्त्र आक्रमणबाट डुबाइएको दाबी गरेको हो । बीबीसीका अनुसार रुसी पनडुब्बी रोस्टोभ–अन–डनमा शुक्रबार बन्दरगाह सहर सेभास्टोपोलमा यो हमला गरिएको हो ।
यो पनडुब्बी रुसको ब्ल्याक सीमा सञ्चालनमा रहेका चार पनडुब्बीमध्ये एक हो । कालो सागरमा रुसद्वारा सञ्चालित फ्लिट क्यालिबर क्रुज मिसाइल प्रहार गर्न सक्षम छ । यद्यपी रुसले युक्रेनको यो दाबीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।