कास्की । मर्दी हिमालको बेस क्याम्पमा भेटिएको मानव अवशेष स्विडिस नागरिक माइकल लिउ ब्लोम्बर्गको भएको पुष्टि भएको छ ।
माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीकाअनुसार स्थानीय भेडापालक गोविन्द गौतमले शुक्रबार निगालो घारीमा मानव अवशेष फेला पारेका थिए । उक्त मानव अवशेष ७ महिलाअघि हराएका स्विडिस नागरिक माइकल लिउ ब्लोम्बर्गको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
४ हजार ५ सय मिटर उचाइमा रहेको मर्दी बेस क्याम्पको लामडाँडा खोँचमा मान्छेको दुई वटा हड्डी, टाउजर र आइफोनसहित मानव अवशेष फेला परेको थियो ।
पदयात्रामा गएका माइकल मर्दी बेस क्याम्पबाट गत डिसेम्बर ३० मा हराएका थिए । टाउजर र आइफोनका आधारमा स्विडिस नागरिकको भएको पुष्टि भएको कास्की प्रहरीका एसपी मोहनकुमार थापाले जानकारी दिए ।