Logo
Logo

तल्लो अरुणमा लगानी गर्न एसजेभीएनलाई भारतले दियो ५ करोड


1.7k
Shares

काठमाडौं । भारत सरकारले नेपालको तल्लो अरुण जलविद्युत आयोजनामा ५ करोडभन्दा बढी भारतीय रुपैयाँ लगानी गर्न अनुमति दिएको छ ।

भारतको केन्द्रीय मन्त्रिपरिषद बैठकले नेपालको संखुवासभा जिल्लामा निर्माण हुने ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनामा ५ करोड ७९२ भारतीय रुपैयाँ लगानी गर्न सतलज जलविद्युत निगम (एसजेभीएन) कम्पनीलाई अनुमति दिएको हो ।

आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उक्त जलविद्युत आयोजनामा रकम लगानी गर्न भारत सरकारले अनुमति दिएको एसजेभीएन आफैंले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । यसका चार युनिट हुने छन् । प्रत्येक युनिटको क्षमता १६७.२५ मेगावाट हुनेछ ।

यो आयोजना संखुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने छ । तल्लो अरुण जलविद्युत आयोजना ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाभन्दा तल्लो क्षेत्रमा निर्माण हुने छ । अरुण तेस्रो निर्माणको जिम्मा पनि सतलजले नै पाएको थियो ।


२०७७ माघ १६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६ औं बैठकले तल्लो अरुण जलविद्युत आयोजना निर्माणको जिम्मा भारतको सतलजलाई दिने निर्णय गरेको थियो । सतलज जलविद्युत निगम (एसजेभीएन) भारतको केन्द्र सरकार र हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी रहेको कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्