Logo
Logo

बङ्गलादेश अपडेट: प्रधानमन्त्री हसिना सरकारी निवास छोडे


504
Shares

एजेन्सी । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्नो राजीनामाको माग गर्दै व्यापक विरोध प्रदर्शन भइरहेका बेला राजधानी ढाकामा रहेको आफ्नो सरकारी निवास छोडेका छन् ।

प्रधानमन्त्री र उनका बहिनी प्रधानमन्त्रीको सरकारी निवास गणभवन छोडेर सुरक्षित स्थानमा गएका हुन् । उनले देशबासीका नाममा सम्बोधन रेकर्ड गराउन चाहेको भएपनि मौका नपाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण कोटा प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज देशबासीका नाममा सम्बोधन गर्ने सैनिक श्रोतले एएफपीलाई जानकारी दिएको केही समयपछि नै प्रधानमन्त्रीले सुरक्षालाई मध्यनजर गर्दै सरकारी निवासबाट बाहिरिएका हुन् ।

आन्दोलनमा प्रहरीले धरपकड हुँदा भएको क्षतिपछि सडक प्रदर्शनमा जनसहभागिता बढ्दै जाँदा आन्दोलनलाई थप ऊर्जा मिलेको छ। प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागलाई बुलन्द पारेका छन्।

प्रतिक्रिया दिनुहोस्