Logo
Logo

एभरेष्ट बैंकको नाफा ३ अर्ब ७० करोड


252
Shares

काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब ७० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आव २०७९/८० मा त्यस्तो ३ अर्ब ३६ करोड रुपैयाँ कमाएको थियो । बैंकले आफ्नो नाफा ३४ करोड अर्थात १०.११ प्रतिशतले बढाउन सफल भएको हो ।

बैंकको वितरण योग्य नाफा नै ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ, जसबाट बैंकका लगानीकर्ताले २९.८६ प्रतिशत लाभांश(कर बाहेक) वितरण गर्न सक्छ । बैंकले गत आर्थिक बर्षमा ७ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले २ खर्ब ३२ अर्ब रुपैयाँ निषेप संकलन गरेर एक खर्ब ७९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

११ अर्ब ७६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी ३१.४५ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २३६.०६ रुपैयाँ रहेको छ । बैंकको स्प्रेड दर ३.९८ प्रतिशत रहँदा आधार ब्याजदर ७.५४ प्रतिशत रहेको छ । एभरेष्टको कस्ट अफ फण्ड ५.६४ प्रतिशत रहँदा सीडी रेसियो ८०.२९ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्