काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आव २०८०/०८१ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार उल्लेखनिय नाफा आर्जन गरेको छ ।
बैंकले आव २०७९/८० मा १ अर्ब ३२ करोड रुपैयाँ कमाएको थियो । बैंकले आफ्नो नाफा २ अर्ब ३३ करोड अर्थात १७६.५१ प्रतिशत बढाउन सफल भएको हो ।बैंकको वितरणयोग्य नाफा नै २ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षमा १० अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ निषेप संकलन गरेर २ खर्ब १ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
१८ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ६० करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २८.७५ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २३३.३८ रुपैयाँ रहेको छ ।
बैंकको स्प्रेड दर ३.९५ प्रतिशत रहँदा आधार ब्याजदर ८.०९ प्रतिशत रहेको छ । कृषि विकास बैंकको कस्ट अफ फण्ड ५.८८ प्रतिशत रहँदा सीडी रेसियो ७७.८० प्रतिशत पुगेको छ ।