काठमाडौं । लक्ष्मी सनराइज बैकले गत आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब ३ करोड नाफा आर्जन गरको छ । आर्थिक वर्ष २०७९/०८० मा बैंकले २ अर्ब २८ करोड नाफा कमाएको थियो ।
बैकको मुनाफा ३२.७९ प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज आम्दानी उल्लेख्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ ।
अब बैंकको प्रतिशेयर आम्दाद्दी १३.९ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७५.८० रुपैयाँ छ । यसैगरी, बैंकको वितरणयोग्य नाफा १ अर्ब २८ करोड रुपैयाँ छ ।
बैंकले हालसम्म ३ खर्ब २८ अर्ब ९३ करोड निक्षेप संकलन गरेको छ । यस्तै, २ खर्ब ५० अर्ब ३६ करोड कर्जा परिचालन गरेको छ । बैंकको खराब कर्जा बढेर ४.७२ प्रतिशत पुगेको छ । २३ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ५७ करोड रुपैयाँ संचित छ ।