Logo
Logo

रास्वपाको अर्को स्टन्ट सार्वजनिक यातायात


630
Shares

काठमाडौं । देशमा राजनीतिक व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा सुधार आउन सकेको छैन । सर्वहारा वर्गको निम्ति संघर्ष गरेको बताउने नेताहरू सत्तामा पुगेसँगै विचौलियाको चंगुलमा फस्ने गरेका छन् । उनीहरूलाई गरिब जनता, महिला, दलित, अल्पसंख्यकको विषयमा बोल्ने फुर्सद हुँदैन । बरु राजनीतिक ‘स्टन्ट’ गरिरहेका हुन्छन् ।

सामाजिक सञ्चालको बद्दो प्रयोगसँगै नेपाली समाज सतही राजनीतिको दलदलमा फसेको छ । संगठन, विचार र नागरिकसँग जोडिएका मुद्दामा भन्दा राजनीतिक ‘स्टन्ट’मा समाज रमाइरहेको छ । दीगोपनभन्दा स्टन्टमा आएका लाइक र कमेन्टमा समाज बहकिरहेको छ । नेताहरू एकपछि अर्को स्टन्ट गर्दै छन् ।

स्टन्टबाटै राजनीतिमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फेरि अर्को स्टन्ट गरेको छ । जनताका समस्या बुझ्न भन्दै रास्वपाका केन्द्रीय नेता र सांसदहरूले निजी सवारी साधन पार्टी कार्यालयमा थन्काएर सार्वजनिक सवारी साधनमा हिड्न थालेका छन् । त्यो पनि जम्मा पाँच दिनका लागि ।

शुक्रबार र शनिबार भएको दुई दिने बन्द कार्याशालाको समापनको दिन सभापति रवि लामिछानेले सार्वजनिक खपतको एउटा जुक्ति निकाले– केन्द्रीय नेता र सांसदको गाडी÷बाइक पार्टी कार्यालयको पार्किङमा राख्ने र सबै सार्वजनिक यातायातमा घर फर्किने ।

लामिछानेले उक्त निर्देशन दिँदा केही नेता र सांसद वाक्क परेका थिए । तर, विरोधमा बोल्दा मुकुल ढकाल भइने भयले लामिछानेको आदेश मान्दै उनीहरू सार्वजनिक सवारीमा चढ्न बाध्य भए । ‘सभापतिले सबैलाई सरप्राइज दिन्छु भन्नुभयो । के रहेछ भनेको त, अर्को एउटा स्टन्ट पो रहेछ’ रास्वपाका एक नेताले भने, ‘सभापतिको कुरो नमान्दा कारबाही होला भन्ने डरले सबै सार्वजनिक सवारीमा निस्कन बाध्य भए ।’

राजनीतिक दलको नेता सार्वजनिक यातायातमा चढ्नु नौलो कुरा होइन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसी सँधै सार्वजनिक यातायातमा चढ्छन । तर, उनले राजनीतिक स्टन्टको रुपमा प्रयोग गरेनन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केही वर्षअघि यस्तै नाटक गर्दै हात्तिवनदेखि जावलाखेलसम्म सार्वजनिक सवारीको प्रयोग गरेका थिए । तर, उनी केही समयमात्रै सार्वजनिक सवारीमा यात्रा गरे । त्यो पनि राजनीतिक स्टन्ट नै थियो ।

प्रतिक्रिया दिनुहोस्