Logo
Logo

हिमालयन बैंकको नयाँ शाखा बालाजु चोकमा


945
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बालाजु चोकमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्वयम्भु शाखा–२ मा रहेको शाखा काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु चोकमा स्थानन्तरण गरिएको हो ।

बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गरेका हुन् । बैंकले विज्ञप्ति जारी गर्दै २१ साउनदेखि बालाजु शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा सञ्चालनमा ल्याइएको जानकारी दिएको छ ।

नेपालभरि १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्