काठमाडौ, २१ बैशाख।
नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले आफु निकट पार्टी नेताहरुसँग छलफल थालेका छन् । शनिबारको सचिवालय बैठकमा रहस्यमय रुपमा दुई अध्यक्ष मिलेको र आफुलाई धोका दिएको भन्दै उनले प्रचण्डमाथि आशंका व्यक्त गरेका छन् ।
यसअघि प्रचण्ड र नेता नेपाल मिलेर ओलीलाई राजिनामा गराउने अभियानमा लागेका थिए । तर, शनिबार बैठकमा प्रचण्ड मिलेर जाने पक्षमा उभिएपछि विवाद मिलेको थियो ।
यो अवस्थालाई नेता नेपालले आफुमाथि धोका भएको बताएका छन् । उनले निवासमै नेताहरुसँग छलफल थालेका हुन् । प्रचण्डसँग पनि भेटेर छलफल गर्ने उनको तयारी छ ।
शनिबारको सचिवालय बैठक अगाडि प्रधानमन्त्री ओलीले नेता प्रचण्डसँग गोप्य छलफल गरेर पार्टी सञ्चालनको जिम्मा दिने प्रतिबद्धता व्यक्त गरेको स्रोत बताउँछ । अबदेखि बैठकको एजेन्डा पेश गर्ने जिम्मेवारी पनि प्रचण्डलाई दिइएको छ । त्यही कारण प्रचण्ड ओलीलाई हटाउने खेलबाट पछि हटो हुन् ।
तर, यत्रो विवादपछि पनि नेता नेपाललाई कुनै फाइदा भएन । जसकारण उनी ओली र प्रचण्ड दुवैसँग रुष्ट भएका छन् ।