Logo
Logo

राहत बाड्न खटिएका युवामा कोरोना संक्रमण, वीरगञ्जमा त्रास


- दृष्टि न्युज/संवाददाता

0
Shares

वीरगंज, २१ बैशाख ।
वीरगंजमा एक युवकमा कोरोना संक्रमण देखिएको छ । वीरगंज–३ छपकैयाकै ३६ वर्षीय युवकमा कोरोना संक्रमिण पुष्टि भएको हो । उनलाई वीरगञ्ज उपक्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । वीरगंज महनगरपालिका ३ नम्बर वडा छपकैयामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ भने त्यहाँ सिल गर्ने तयारी भएको छ।


पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले वीरगंजमा भेटिएका नयाँ संक्रमितलाई अस्पताल र्पुयाएर उनको घर निगरानीमा राखी सुरक्षा समितिको निर्णयबाट सो वडा पुनः सिल लक गर्ने तयारी भइरहेको बताइन्।
३ नम्बर वडाका अध्यक्ष वैजु स्वर्णकारसँगै गत शुक्रवार नारायणी अस्पतालमा ती युवकको थ्रोट स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो। त्यसैको रिपोर्टको नतिजा आज दिउँसो १२ बजे आएको हो। वडा नं ३ का अध्यक्ष स्वर्णकारको रिपोर्ट भने नेगेटिभ आएको छ। ती युवकको रिपोर्ट पोजेटिभ आएपछि अहिले वीरगंजको वडा नं ३ मा पुनः त्रास बढेको छ।

कोरोना संक्रमित युवक सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता पनि हुन्। उनी राहत वितरण सर्वदलीय समितिका प्रतिनिधिसमेत हुन्। तीन दिन उनी घरघरमा राहत बाड्न पुगेका थिए। यसअघि वीरगंज–३ छपकैयाका ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो। संक्रमित ३ जना भारतीयसँग सम्पर्कमा आएका थिए उनी। राहत वितरणमा खटिएकाले उनीबाट अरुलाई पनि सरेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्