Logo
Logo

कोभिड-१९ : नेपालमा एकैदिन १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares


काठमाडौं, २१ बैशाख । नेपालमा नेपालमा आइतबार एकैदिन थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म संक्रमितको संख्या ७५ पुगेको छ । दुई दिनसम्म नेपालमा नयाँ संक्रमित भेटिएको थिएन । आइतबार नेपालगञ्जमा १५ र वीरगञ्जमा एक गरी १० जनामा कोरोना पुष्टि भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालगञ्जमा सुरुमा ९ जनामा देखिएको साँझको रिपोर्टमा थप ६ जनालाई कारोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वीरगञ्जमा ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको छ भने नेपालगञ्जमा पाँच पुरुष र चार महिला संक्रमित भएका छन् । उनीहरू सातदेखि ५८ वर्ष उमेरका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार पत्रकार सम्मेलनमा जानकारी गराए । नेपालगञ्जमा संक्रमित नौ जनालाई उपचारका लागि अस्पताल ल्याउने क्रममा रहेको उनले बताए ।
मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा पीसीआर विधिबाट हालसम्म १३,४१४ जनाको परीक्षण गरिएको छ भने ¥यापिड डायग्नोस्टिक टेस्ट किटबाट ४९,६८८ जनामा परीक्षण गरिएको छ । नेपालमा अहिले २१ हजार ९५१ क्वारेन्टाइनमा रहेको र ७७ जना आइसोलेशनमा रहेको डा. देवकोटाले जानकारी दिएका छन् । आइतबार नै लकडाउनमा थप कडाइ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्