Logo
Logo

होन्डा कारमा एयरब्याग परिवर्तन गर्न आग्रह


315
Shares

काठमाडौँ । नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका निश्चित मोडलमा एयरब्यागहरू परिवर्तन गर्ने योजना बनाएको छ ।

सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारको टकाटा एयरब्यागहरू फिर्ता गरिने कम्पनीले जनाएको छ ।

उक्त मोडलका कारमा एयरब्याग निःशुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले जानकारी दिए । होन्डाले आफ्नो ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै कारको एयरब्याग परिवर्तन गर्न आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्